इटहरीः जिल्ला प्रशासन कार्यालय इलामले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामको नाममा जथाभावी रकम संकलन नगर्न आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अनाधिकृत रुपमा विभिन्न व्यक्ति तथा संस्थाले रकम संकलन गरेकोमा गृह मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै कार्यालयले सोबारे आफूहरुलाई समेत जानकारी प्राप्त भएको उल्लेख गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सहयोग जुटाउने लगायतका सम्पूर्ण कार्य कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरिरहेकाले अन्य कसैले रकम संकलन नगर्न आग्रह गरिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि रकम सहयोग गर्न चाहनेले सिधै राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा रकम जम्मा गरिदिन सक्ने इलामका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइँले बताए ।

ilam cdo notice.