धरानः फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाका लागि इटहरीका एक कलाकार र ग्रीनतारा गु्रप अफ कंपनीले प्रेस चौतारी नेपाल सुनसरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

सुनसरीका पत्रकारहरुका लागि इटहरी १ निवासी नायक तथा मोडल माधव केसीले तीन हजार पिस मास्क र ग्रीनतारा गु्रपले एक हजार पिस मास्क, सेनिटाइजर र ह्यान्ड वास प्रदान गरेको हो । कलाकार केसीले गत मङगलबार धरानमा आफँै आएर प्रेस चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्की, जिल्ला सहसंयोजक योगेशबाबु काफ्ले र सचिव विकास चाम्लिङ राईसमक्ष स्वास्थ्य सामग्री हस्तान्तरण गरे । नायक केसी लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहेका छन् । उनले गतवर्ष भएको लकडाउनका क्रममा सडकमा अलपत्र परेका सामुदायिक कुकुर तथा अन्य जनावरलाई खाना खुवाएका थिए । त्यसैगरी, हिजो बुधबार ग्रीन तारा ग्रुपका अध्यक्ष एवं प्रबन्धनिर्देशक सम्राट श्रेष्ठले आफ्नो इटहरीस्थित कार्यालयबाट संगठनका पदाधिकारीहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए ।

20210519_172747

प्रेस चौतारी नेपालले अग्रपङ्तिमा खटिएका पत्रकारहरुलाई वितरण गर्न स्वास्थ्य सामग्री सङ्कलन गरिरहेको प्रेस चौतारी नेपाल सुनसरीका संयोजक प्रेम बास्तोलाले जानकारी दिए । प्रेस चौतारीद्वारा संकलन गरिएका स्वास्थ्य सामग्री पत्रकारहरुको साझा सङ्गठन नेपाल पत्रकार महासंघ सुनसरीलाई एकमुष्ट प्रदान गर्ने र महासघले आवश्यकता अनुसार उक्त स्वास्थ्य सामग्री पत्रकारहरुलाई वितरण गर्ने चौतारी सुनसरीका सचिव विकास चाम्लिङ राईले बताए । ५ हजार पिस माक्स र ३ लिटर सेनिटाइजर महासंघलाई चौतारीले दिन लागेको चाम्लिङको भनाइ थियो । त्यसैगरी, सुनसरीमा १३ जना पत्रकार कोरोना सङक्रमित भएको महासंघ सुनसरीले जनाएको छ ।

20210518_134659

संक्रमितमध्ये एक जनाको गम्भीर अवस्थामा काठमाडौँमा उपचार भइरहेको छ । ११ जना होम आइसोलेसनमा रहेका र एक जना भर्खरै मात्र कोरोनालाई जितेर सामन्य अवस्थामा फर्किएको महासंघको तथ्याङ्क छ । जिल्लामा कोरोना सङक्रमणको जोखिम बढेकोले पत्रकारहरुलाई नगई नहुने बाहेक घर बाहिर ननिस्कन पत्रकार महासङघ सुनसरीले आग्रहसमेत गरेको छ । परिस्थितिको संवेदशीलता अनुसार घरमै बसेर रिपोर्टङ गर्ने तथा काम गर्ने वातवरण तयार गर्न सम्बन्धित सञ्चारगृहहरुलाई अनुरोध गरिएको महासङघ सुनसरीका अध्यक्ष जनकऋषि राईले बताए ।