इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका २ घर भएकी ५३ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार जेठ २ गते कोरोना संक्रमण पुष्टि भई ४ गते उदयपुरको बेलका नगर अस्पतालबाट प्रतिष्ठान रिफर गरिएकी महिलाको कोभिड उपचार केन्द्रमा उपचार भइरहेकोमा आज बिहान ११ः२० बजे उपचारका क्रममा उनको ज्यान गएको हो । मृतक महिलामा ‘हाइपरटेन्सन’ नामक दीर्घकालीन मानसिक समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।