इटहरीः झापाको मेचिनगर नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मेचिनगर नगरपालिका ९ स्थित तल्लो मागुरमाडी घर भएका ४५ वर्षीय श्याम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार आज बिहान १२ः३० बजे हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका राईलाई उपचारार्थ भद्रपुरस्थित मेचि अस्पताल लगिएकोमा उपचारका क्रममा उनको ज्यान गएको हो ।