इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका स्वास्थ्य संस्थाहरुमा सञ्चालित खोप कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र रुपमा फैलिरहेको र पाँच वर्षमुनिका बालबालिकामा समेत संक्रमण पुष्टि भइरहेकाले हाललाई खोप कार्यक्रम स्थगित गर्नुपरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए । नेपाल सरकारले देशभरका पाँच वर्षसम्मका बालबालिकालाई विभिन्न रोग प्रतिरोधात्मक शक्ति प्रवद्र्धनका लागि निःशुल्क खोप दिँदै आएको छ ।

khop sthagit.