इटहरीः झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणका कारण निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि भई केही दिन होम आइसोलेसनमा बसेकोमा स्वास्थ्य अवस्था जटिल भएपछि वैशाख १७ गते उपचारार्थ बिर्तामोडस्थित बीएन्डसी अस्पताल भर्ना भएका खाम्याहाङको उपचारका क्रममा आज दिउँसो २ः३० बजे निधन भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए । वैशाख १० गते गरिएको एन्टिजेन परीक्षणबाट कोरोना संक्रमित पुष्टि भएका खाम्याहाङमा संक्रमणपछि स्वासप्रस्वासको समस्या देखिएकोमा उपचारका क्रममा उनको निधन भएको हो ।