इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित ज्येष्ठ नागरिक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका १ घर भएकी ७० वर्षीया ज्येष्ठ नागरिक महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख ३१ गते कोरोना संक्रमण पुष्टि भई जेठ १ गते उपचारका लागि कोभिड उपचार केन्द्रमा भर्ना भएकी महिलाको उपचारका क्रममा आज बिहान ७ः४५ बजे ज्यान गएको हो । मृतक महिला लामो समयदेखि मधुमेह र ‘हाइपरटेन्सन’ नामक मानसिक समस्याबाट पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।