फुङ्लिङः ताप्लेजुङको सिरिजङ्घामा अलग्गै नारा दिएर स्वास्थ्य सेवा विशेष अभियानको प्रारम्भ गरिएको छ ।
‘म स्वास्थ्य, मेरो गाउँ स्वस्थ्य’ नारासहित गाउँपालिकाले अभियानको थालनी गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा २४ सै घण्टा नागरिकललाई सेवा प्रदान गर्नका लागि गाउँपालिकाले रेडियोग्राफी सेवा सुरु गरेको छ । सेवा सञ्चालनका लागि कर्मचारीसहितको सेवा सुविधा गाउँपालिकाले बेहोर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जीव सिंहले बताए । विगतका दिनमा पालिकाभित्रका नागरिक रेडियोग्राफी र ल्याब सेवा लिनका लागि धेरै खर्च गरेर ताप्लेजुङको सदरमुकामस्थित जिल्ला अस्पतालमा जानुपथ्र्यो ।
अहिले आफ्नै गाउँपालिमा त्यस्तो सेवा लिन पाउँदा स्थानीयवासी खुशी भएको सिंहले बताए । गाउँपालिकाकै स्रोतबाट प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवाका लागि मेडिकल अधिकृत, रेडियोग्राफी र ल्याब सेवासमेत उपलब्ध गराइएको उनको भनाइ छ । -रासस