इटहरीः सुनसरीको धरानमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो अवस्थामा छ । जिल्ला प्रशासन कार्यालयले लकडाउनलाई झन् कडा गरेको अवस्थामा धरान उपमहानगरपालिका ११ नम्बर वडा कार्यलयको पूर्वाधार विकास योजनाअन्तर्गत पर्ने सगरमाथा खेल मैदानको निर्माण कार्य सञ्चालन गर्न वडाध्यक्ष बाबुलाल लामा आफैँ दुई दिन बसेर आदेश दिएका छन् ।

received_2938445096366875

खेल मैदान निर्माण गर्न वडा कार्यालयले तीन लाख १० हजार बजेट विनियोजन गरेको थियो । उपभोक्ता समितिलाई अलिकति बच्ने पैसा पनि खेल मैदानसँगै जोडिएको सिमाना चोक बाटोको खाल्डाखुल्डी पुर्ने काममा उनले खर्च गरिदिएका छन् । बाटो पुर्ने क्रममा इलाका प्रहरी कार्यालयबाट परिचालित प्रहरीले रोक्न खोज्दासमेत ३÷४ जना उपस्थित भएर ३०÷४० मिटरको दूरी कायम राखेर काम गर्दा डराउनु पर्दैन भन्दै वडाध्यक्ष लामाले प्रहरीलाई फर्काइदिएका थिए । उनले आगामी बजेटको रकमबाट आफ्नै पालामा युवाहरूलाई केन्द्रित गर्दै सो खेल मैदान निर्माण गरिदिने बताए ।received_185589696767165

 

खेल मैदानमा बस्ति रहेकाले बस्ति र मैदान छुट्याउन पर्खाल निर्माण गर्नका लागि बजेट विनियोजन गरिदिने समेत बताए । कोरोना संक्रमितको व्यवस्थापनका लागि सोही खेल मैदानमा आइसोलेसन सेन्टर सञ्चालन गर्न सकिने पनि वडाध्यक्ष लामाले उल्लेख गरे । स्टिमेटभन्दा बढी काम गर्नुपरे पनि आफ्नै सुरक्षाके लागि आवश्यक पर्दा काम लाग्ने भएकोले कुनै आपत्ति नभएको सगरमाथा खेल मैदान उपभोक्ता समितिका सचिव जयप्रकाश तिगेला लिम्बूले बताए । खेल मैदान निर्माणस्थलमा पश्चिमतर्फ रहेको ठाउँमा पर्खाल लगाई खाल्डो पुर्ने र खेल मैदान फराकिलो बनाउने कार्य सम्पन्न भएको छ । खेल मैदानको दक्षिण भागले सर्दु खोलालाई छोएको छ भने तिनै भागमा बाक्लो बस्ति रहेको छ ।IMG20210516113820 IMG20210516113803 IMG_20210516_134251