इटहरीः नेकपा एमालेको इलाम जिल्ला पार्टी कार्यालयका कार्यालय सचिव नवराज शंकरको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भई इलाम नगरपालिका ९ स्थित आफ्नै घरमा होम आइसोलेसनमा बसेका शंकरलाई स्वास्थ्य अवस्था जटिल भएपछि उपचारार्थ मोरङको विराटनगरस्थित विराटनगर अस्पताल लगिएको थियो । अस्पतालको आइसोलेसनमा भर्ना भई उपचाररत रहेका शंकरको उपचारका क्रममा गएराति ज्यान गएको अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले जानकारी दिए । शंकर बाल संगठन इलामका सभापतिका रुपमा पनि कार्यरत थिए ।