धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कुरुवाहरुको लागि धरान १७ सचेत नागरिक समूहले दुई छाक निःशुल्क खाना वितरण गर्न सुरु गरेको छ ।

प्रदेश नम्बर १ को निकै आशा गरिएको कोभिड अस्पतालमा संक्रमण भएका बिरामीहरुको निकै चाप बढेको छ । सरकार सत्ता र कुर्सीमा अल्मलिरहेको अवस्थामा धरानमा बिरामी कुर्ने ठाउँ बल्ल बनाउने तरखरमा छ । हाल अक्सिजनको समस्या पनि निकै डरलाग्दो रुपमा छ । जनप्रतिनिधिहरु भत्ता र तलबमै मस्त रहेको र जनताहरुलाई कुनै राहत प्याकेज नल्याएको समेत जनगुनासो रहेको छ । हाल कोरोना भाइरसको नयाँ भेरियन्ट तिव्र गतिमा फैलिरहेको अवस्थामा नेपालमै पनि महामारीको रूपमा यसले मानवीय क्षति गराइरहेको छ । धरानमा पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो अवस्थामा छ ।

received_134175605419087

जिल्ला प्रशासन कार्यलयले लकडाउनलाई झन कडा गरेपछि बिरामी कुरुवाहरुलाई खानपिनमा कठिनाइ भएको भन्दै सचेत नागरिक समूहले सो अभियान चलाएको हो । स्टिल पेपरको डब्बामा प्याक गरेर दिएको खाना कुरुवाहरुले खुसीसाथ लिने गरेका छन् । प्याक गरेर दिन अलि कठिनाइ भएकोले पहिलो चरणमा भात, ग्रेभी सब्जी र अचार दिएको साथै आज बेलुका पुलाउ र आलुको तरकारी दिइने वडा अध्यक्ष साथै सो अभियानका संयोजक मनोज भट्टराईले बताए । उनले यस अभियानमा कुनै सरकारी निकायबाट सहयोग नभई धरान १७ का स्थानीयहरुको सहयोगमा यो पहल भएको भन्दै सँधै गुणस्तरीय खाना उपलब्ध गराइने जानकारी दिए ।

Screenshot_2021-05-15-18-04-08-37