बेलबारीः मोरङको बेलबारी नगरपालिकामा प्रदेश नं १ मै पहिलो सहकारी सङ्ग्रहालय निर्माण भइरहेको छ ।
बेलबारी नगरपालिका वडा नं ७ साङ्ली इनारमा बेलबारीमा महिलाहरु मात्रले सञ्चालन गर्दै आएको परिश्रमी सामाजिक उद्यमी महिला सहकारी संस्थाको अगुवाइमा सङ्ग्रहालय निर्माण भएको संस्थाकी सचिव उर्मिला राईले बताइन । ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको संग्रहालयको बजेट व्यवस्थापन एवम् समन्वय नेपाल सरकारका सँकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले गरेको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बताइन् ।
प्रदेश १ मै पहिलो सङ्ग्रहालय निर्माण हुँदै गरेकोले सहकारी सञ्चालनका आधारभूत ज्ञान् ,उत्पादन,प्रदर्शनी बजारीकरणजस्ता विषयहरुलाई समेटी पाठशालाको रुपमा सञ्चालन र व्यवस्थापन गरिने भएकाले यस सङ्ग्रहालय अन्य सहकारीहरुका लागि पनि सहयोगी बन्ने संस्थाकी अध्यक्ष गंगा श्रेष्ठले बताइन् । करिब २५०० सेयर सदस्य रहेको उक्त सहकारी संस्थामा १०६ वटा समूहहरु व्यावसायिक बन्न सफल भएको उनको भनाइ छ ।