इटहरीः इटहरीमा एक सय आठसहित प्रदेश १ मा ७ सय ५१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा दुई सय १२, मोरङमा तीन सय ५१, झापामा ४४, धनकुटामा ४२, तेह्रथुममा २५, उदयपुरमा १४, इलाममा ४, संखुवासभामा २, पाँचथर र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५५ जना सङ्क्रमित थपिएका हुन् । सुनसरीको इटहरीमा एक सय ८, धरानमा ४६, इनरुवामा २०, दुहवीमा १२, भोक्राहानरसिंहमा ७, बराहक्षेत्र र रामधुनीमा ४–४, गढी, देवानगञ्ज, बर्जु र कोशी गाउँपालिकामा २–२, स्थानीय तह नखुलेका ३, झापाको दमकमा ३६, गौरादह, मेचीनगर र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५ जनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९६ महिला र १४९ पुरुषसहित दुई सय ४५, सुन्दरहरैचामा ४९, बेलबारीमा १३, बुढीगंगामा ११, धनपालथान र रङ्गेलीमा ४–४, जहदा र रतुवामाईमा ३–३, सुनबर्षी, उर्लाबारी, ग्रामथान, पथरीशनिश्चरे र लेटाङमा २–२, कटहरीमा १ र स्थानीय तह नखुलेका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । धनकुटाको चौवीसेमा १६, धनकुटा नगरपालिकामा १५, छथरमा ४, शहिदभूममिा ३, साँधुरीगढी, महालक्ष्मी, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा १७, लालीगुराँसमा ७ र फेदापमा १, उदयपुरको त्रियुगामा ६, बेलकामा ५, उदयपुरगढी, चौदण्डीगढी र स्थानीय हत नखुलेका १–१, इलामको चुलाचुलीमा ३ र इलाम नगरपालिकामा १, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, पाँचथरको मिक्लाजुङमा १, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका ५५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो सँगै सक्रिय सङ्क्रमितको संख्या ११ हजार दुई सय ६९ पुगेको छ ।