इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकास्थित इटहरी अस्पतालले यसअघि कोरोना संक्रमित भई निको भएका व्यक्तिहरुलाई गम्भीर प्रकृतिका कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा दान गर्न अनुरोध गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमार्फत् गत वर्षको चैत २३ गते ७० जना र सोही वर्षको चैत ३० गते ९६ जना गरी कुल एक सय ६६ जना शंकास्पद संक्रमितको एन्टिबडी परीक्षण गरिएकोमा सोमध्ये एक सय ६६ जनामा एन्टिबडी विकसित भएको पाइएको अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा इमर्जेन्सी प्रमुख रामकुमार धमलाले जानकारी दिए । प्लाज्मा थेरापी विधिबाट उपचार गराउनका लागि प्रदेशका विभिन्न अस्पतालमा आईसीयूमा उपचाररत बिरामीका आफन्तले इटहरी अस्पतालमा सम्पर्क गर्ने गरेको जनाउँदै उनले इच्छुक प्लाज्मा दाताले इटहरी अस्पतालमा आएर प्लाज्मा दान गर्न सक्ने जानकारी दिए ।

plasma donation appeal.