इटहरीः नेपाली कांग्रेसले इटहरी उपमहानगरपालिकाका २० वटै वडाका सभापतिहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरेको छ ।

नेपाली कांग्रेसको कोभिड १९ अनुगमन समितले देशभर नै कोरोना संक्रमण बढेको भन्दै कमजोर आर्थिक अवस्था भएकाहरुलाई मास्क वितरण गर्ने अभियानस्वरुप इटहरीमा मास्क वितरण गरेको बताएको छ । इटहरीका २० वटै वडामा रहेका अतिविपन्न परिवार र मास्क तथा स्यानिटाइजर खरीद गर्न नसक्ने परिवारलाई वितरण गर्ने अनुगमन समितिका सुनसरी जिल्ला संयोजक विकास केसीले बताए ।

उनका अनुसर प्रति वडा ६०० थान मास्क सर्जिकल मास्क र ५ लिटर स्यानिटाइजर वितरण गरिएको हो । कोरोना महामारीको पहिलो प्रभावको समयमा प्लाज्मा दान गरेको कांग्रेसले अहिले पूर्वतयारीस्वरुप स्वास्थ्य सुरक्षाका समग्री वितरण गरेको उनले बताए ।