इटहरीः महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालका विराटनगर परियोजना संयोजक दीपक सेन्चुरीको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भई उपचारार्थ वैशाख २९ गते विराटनगरस्थित कोसी अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना भएका सेन्चुरीको भेन्टिलेटरमा उपचारका क्रममा आज आज बिहान १२ः३० बजे ज्यान गएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । सिन्धुली घर भएका ३८ वर्षीय सेन्चुरी आठ वर्षयता विराटनगरलाई कर्मथलो बनाई मानव अधिकार क्षेत्रमा कार्यरत रहेका थिए । वल्र्ड भिजन इन्टरनेसनल नामक संस्थामा आबद्ध रही कार्य गरेका सेन्चुरी पछिल्लो तीन वर्षयता भने ओरेक नेपालमा कार्यरत थिए । यस संस्थाले हिंसापीडित महिलाको उद्धार तथा पुनःस्थापनामा सहयोग गर्ने गर्दछ ।