इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका १० घर भएका ७० वर्षीय ज्येष्ठ नागरिक पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख २५ गरिएको पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन उपचारार्थ प्रतिष्ठानको प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना गरी उपचार सुरु गरिएकोमा उनको उपचारका क्रममा आज अपराहन्न १२ः४६ बजे ज्यान गएको हो । मृतक पुरुषमा लामो समयदेखि ‘हाइपरटेन्सन’ नामक मानसिक समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।