इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका १ घर भएका ४५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख २९ गते प्रतिष्ठानमा भर्ना भएकोमा आज कोरोना संक्रमण पुष्टि भई प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना गरी उपचार सुरु गरिएकोमा उनको उपचारका क्रममा आज बिहान ११ः४५ बजे ज्यान गएको हो । मृतक पुरुषमा कुनैपनि प्रकारको दीर्घरोग नरहेको प्रतिष्ठानले जनाएको छ ।