इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित ज्येष्ठ नागरिक पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका २० घर भएका ७८ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख २९ गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएका पुरुषको उपचारका क्रममा आज बिहान ९ः५० बजे ज्यान गएको हो । मृतक पुरुषमा लामो समयदेखि ‘हाइपरटेन्सन’ नामक मानसिक समस्यासमेत रहेको प्रतिष्ठानले जनाएको छ ।