इटहरीः प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार सात सय ४७ पुगेको छ ।
समाजिक विकास मन्त्रालयले जनाएअनुसार प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार सात सय ४७ पुगेको हो । मन्त्रालयले बुधबार नौ सय ९३ जना कोरोना सङ्क्रमित थपिएको जानकारी दिएको छ । आज एक हजार नौ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा चार सय सात महिला र पाँच सय ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैनिक सङ्क्रमण सङ्ख्यामा यो हालसम्मकै उच्च हो । सुनसरीमा एक सय ६१, मोरङमा चार सय ४५, झापामा दुई सय २९, भोजपुर र सङ्खुवासभामा ३२–३२, ताप्लेजुङमा १४, उदयपुरमा १३, इलाममा १०, धनकुटा र तेह्रथुममा समान ६, पाँचथर, खोटाङमा समान एक र प्रदेश १ बाहिरका ४३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५७, इटहरीमा ३१, इनरुवामा ३०, दुहवीमा १२, बर्जु र बराहक्षेत्रमा समान नौ, गढीमा पाँच, रामधुनीमा दुई, देवानगञ्ज र हरिनगरमा एक, स्थानीय तह नखुलेका स्थानमा चार जना सङ्क्रमित भेटिएका छन् ।
यसैगरी, मोरङको विराटनगरमा एक सय ३९ महिला र एक सय ८३ पुरुषसहित तीन सय २२, सुन्दरहरैँचामा ४०, पथरीशनिश्चरेमा १७, उर्लाबारी र बूढीगङ्गामा ११–११, कटहरीमा १०, जहदामा सात, धनपालथान र रङ्गेलीमा समान पाँच, रतुवामाईमा चार, बेलबारी र ग्रामथानमा समान तीन, मिक्लाजुङमा दुई, केराबारी र स्थानीय तह नखुलेका समान एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार आठ सय १७ पुगेको छ । सङ्क्रमित भएकामध्ये ३० हजार चार सय ७० सङ्क्रमणमुक्त भएका छन् । आज एक सय १० जना निको भएका छन् ।