इटहरीः वी.पी. कोइराला स्वास्थ्य वि१ान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको छ । सर्लाहीकी ६० वर्षीया महिलाको हिजो राति १०ः३० बजे आकस्मिक शल्यक्रिया गरिएको हो । उक्त विरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै उच्च ज्वरो तथा वान्ता जस्तो लक्षण देखापरेको थियो । उनलाई थप उपचारका लागि जनकपुरबाट प्रतिष्ठानमा रेफर गरिएको थियो । प्रतिष्७ानमा निजको थप जाँच गर्दा आन्द्रामा छिद्र देखा परेको र पेटमा संक्रमण फैलिएको पत्ता लागेको थियो । अपरेशनको तैयारी गर्ने क्रममा कोरोना संक्रमण देखिएपश्चात् जेनेरल सर्जरी विभागका डा. भवानी खनालको नेतृत्वमा आकस्मिक शल्यक्रिया कोभिड अस्पतालमा गर्ने निर्णय गरियो । वहा लगायत सर्जरी विभागका डा. देवेन्द्र कार्की, डा. प्रन्जलचन्द्र पौडेल, डा. निरोज रामदाम, डा. राहुल श्रेष्ठ तथा एनेस्थेसिया विभागकी डा. जेनी बज्राचार्य, डा. रुजन बन साथै नर्स आर्य लम्साल, संध्या खनाल, मनिला मगर, हेल्पर नरेन्द्र कार्कीको टिमले उक्त शल्यक्रिया सफलतापुर्वक सम्पन्न गरेका थिए ।

कोरोनाको दोस्रो लहर शुरु भएयता पुर्०ारुपमा बेहोस पारी कोभिड अस्पतालमा अवस्थित शल्यक्रिया कक्षमा शल्यक्रिया भएको यो दोश्रो हो । यसका साथै कोभिड अस्पतालमा एक कोरोना संक्रमित महिलाको पनि प्रसुती सफलतापुर्वक सम्पन्न गराइएको छ । कानेपोखरी, ३४ वषीया महिलालाई बैशाख २७ गतेका दिन प्रतिष्ठानको प्रसुति विभागको आकस्मिक कक्षमा ल्याइएको थियो । ४१औं हप्ताकी गर्भवति उनलाई अत्याधिक ढाड दुख्ने, छटपटीसँगै १०१ डीग्रीसम्म ज्वरो आउनेजस्ता लक्षण देखापरेको थियो र सोही दिन निजको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि भोलिपल्ट बेलुका ७ः४५ बजे गाइने विभाग की डा. दीपा शाहको नेतृत्वमा डा. भवानी मैजु साथसाथै बालरोग विभागका डा. विकास सापकोटा, लगायतको टिमले सफलतापुर्वक सम्पन्न गरेका थिए । बच्चा तथा आमाको स्वास्थ्य स्थिती सामान्य भएपश्चात् आज बेलुका होम आइसोलेसनमा बस्नेगरी डिस्चार्ज गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोखरेलले बताए ।