इटहरीः झापाको कन्काई नगरपालिका–३ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कन्काई नगरपालिका ७ की ७१ वर्षीया कमलामाया कामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार आज बिहान ११ः४५ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको मे १ क ४४३ नम्बरको ट्रकले ठक्कर दिएपछि कामीको घटनास्थलमै ज्यान गएको हो । दुर्घटना गराउने ट्रक र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई विस्तृत अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।