इटहरीः मोरङको रङ्गेली नगरपालिका ५ स्थित आँपगाछिमा धान खेतमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ घर भएकी ५५ वर्षीया पारुदेवी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार हिजो मंगलबार अपराहन्न ४ः३० स्थानीयको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रमेश मण्डलको खेतमा रहेको बोरिङको पानी जम्ने खाल्डोबाट महिलाको शव फेला पारेको थियो । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।