इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित ज्येष्ठ नागरिक महिलाको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका १ घर भएकी ७० वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार हिजो कोरोना संक्रमण पुष्टि भई उपचारार्थ प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना भएकी महिलाको आइसोलेसनमा उपचार भइरहेकोमा उपचारकै क्रममा हिजै अपराहन्न २ः३० बजे उनको ज्यान गएको हो । मृतक महिलामा हाइपरटेन्सन नामक मानसिक समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।