इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण तिव्र बन्दै गएको भन्दै सोको नियन्त्रणका औषधि पसल र अस्पतालबाहेक अन्य व्यवसाय सञ्चालनमा रोक लगाएको छ ।

भोलि बिहान १० बजेदेखि जेठ ४ गते मध्यराति १२ बजेसम्म औषधि पसल र अस्पतालबाहेक अन्य व्यवसाय सञ्चालनमा रोक लगाइएको उपमहानगरपालिकाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा फलफूल र दुध डेरी पसल भने बिहान १० बजेसम्म सञ्चालन गर्न पाइने जनाइएको छ । नगर क्षेत्रमा वैशाख २६ गतेसम्म पाँच सय ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको हुँदा स्वास्थ्य मापदण्ड पालना गर्न पनि नगरवासीलाई सचेत गराइएको छ ।

itahari vyavasaya banda .