इटहरीः आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । धेरैले आजकै दिन आमालाई नयाँ लूगा र मिठो परिकार खान दिएर आमाको मुख हर्ने परम्परा रहेको छ ।

यही विशेष दिन पारेर सामाजिक सञ्जाल फेसबुक ग्रुप इटहरी रकर्सले माया घर नेपाल इटहरीमा पुगेर मातातिर्थ औँसी मनाएको छ । असहायहरुको सहारा बनेको माया घर नेपालमा विशेषगरी महिला तथा बालिकासँगै ज्येष्ठ नागरिक महिलाहरु बस्दै आएका छन् । ग्रुपका सदस्यहरु मिलेर माया घरलाई खाद्य सामानहरु सहयोग गरेको रोसन सिग्देलले जानकारी दिए । त्यहाँ आवश्यक दाल, चामल नुनदेखि खाजाका सामान पनि सहयोग गरिएको उनले बताए ।

2 (2) 1

ग्रुपमा विभिन्न व्यक्तिबाट सहयोग गरिएको अर्का सदस्य भोला क्षेत्रीले जानकारी दिए । यसले यो विषम परिस्थितिमा माया घरमा खाद्यान्नको अभाव केही टर्ने विश्वास लिएको उनीहरुको भनाइ छ ।

3 (2) 1