इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका १४ घर भएका ४८ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार हिजो कोरोना संक्रमण पुष्टि भई उपचारार्थ कोभिड अस्पताल भर्ना भएका पुरुषको उपचारका क्रममा हिजै राति ९ः०० बजे ज्यान गएको हो । मृतक पुरुषमा लामो समयदेखि दम रोग रहेको प्रतिष्ठानले जनाएको छ ।