इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा सुनसरीको कोसी गाउँपालिका १ घर भएका ४३ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख १२ गते कोरोना पोजिटिभ भई केहीदिन होम आइसोलेसनमा बसेपछि वैशाख १६ गते उपचारार्थ प्रतिष्ठान भर्ना भएका पुरुषलाई आइसोलेसनमा राखी उपचार सुरु गरिएकोमा उनको हिजो राति ९ः०५ बजे ज्यान गएको हो । मृतक पुरुषमा कुनै दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।