इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका ३ घर भएका ४६ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख २० गते प्रतिष्ठानमा भर्ना भएका पुरुषमा २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उपचारार्थ कोभिड उपचार केन्द्रको आइसोलेसनमा भर्ना गरिएका पुरुषको उपचारका क्रममा आज बिहान १२ः४८ बजे ज्यान गएको सहप्रवक्ता पोख्रेलको भनाइ छ । मृतक पुरुषमा कुनै पनि दीर्घरोग नदेखिएको प्रतिष्ठानले जनाएको छ ।