इटहरीः ताप्लेजुङको फूङलिङ नगरपालिका ७ मा ढुङ्गाले किचेर एक बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका २ स्थित शान्थाक्रा घर भएका १३ वर्षीय फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालयका अनुसार आज अपराहन्न २ः३० बजे फूङलिङ नगरपालिका ७ स्थित सव–बेस निर्माणको लागी मुवेन मिक्लाजुङ जेभी कन्ट्रक्सनद्वारा भीर चट्टान फोर्ने कार्य भइरहेकोमा सोही सडक निर्माणस्थलमा गिटी कुट्ने र ढुङ्गा ओसार्ने काम गर्ने उनका बाबु पासाङ छिरिङ शेर्पासँग गई ढुङगा ओसार्ने क्रममा माथिबाट ढुङ्गा झरी किचेर बालकको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।