इटहरीः मोरङको विराटनगर महानगरपलिका ८ का मुद्रण व्यवसायी विष्णु खतिवडाको कोरोना संक्रमणबाट हिजो साँझ ज्यान गएको छ ।
५६ वर्षीय खतिवडालाई वैशाख १० गते कोरोना संक्रमण भएकोमा उपचारार्थ विराटनगरकै नोबेल मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचाररत रहेका खतिवडाको हिजो साँझ ७ः०० बजे उपचारका क्रममा ज्यान गएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए ।
खतिवडा लामो समयदेखि उच्च रक्तचापको समस्याबाट समेत पीडित रहेको सहप्रवक्ता डा.पोख्रेलले बताए । विराटनगरस्थित हंशवाहिनी हंशवाहिनी प्रिन्टर्स एन्ड पब्लिकेसन्स पोख्रेलले नै अन्य साझेदारहरुसँग मिलेर सञ्चालन ल्याएका थिए । सो पब्लिकेसन्स हालसम्म सञ्चालित छ । मुद्रण व्यवसायी खतिवडा मुद्रण व्यवसायी संघ तथा नेकपा एमालेको क्षेत्रीय कमिटिमा समेत आबद्ध रहेको मुद्रण व्यवसायी नवीन गिरीले बताए ।