इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका ८ घर भएका ५६ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार हाइपरटेन्सन नामक मानसिक समस्याबाट पीडित भई लामो समयदेखि विराटनगरकै नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत पुरुषमा वैशाख १० गते कोरोना पुष्टि भएपछि सोही दिन उपचारार्थ प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उनलाई नोबेल अस्पतालले रेफर गरेको थियो । कोभिड उपचार केन्द्रको आइसोलेसनमा भर्ना भई उपचाररत रहेका पुरुषको आज बिहान ७ः०० बजे ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।