इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका २ का ५८ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भई उपचारार्थ सोही दिन प्रतिष्ठन अन्तर्गतको कोभिड उपचार केन्द्रमा भर्ना भएका पुरुषको उपचारका क्रममा आज बिहान १०ः०० बजे ज्यान गएको हो । मृतक पुरुषमा कुनै दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।