बेलबारीः मोरङको बेलबारी नगरपालिकाले अक्सिजन सहितको १५ बेडको आइसोलेसन तयार गरेको छ ।

बेलबारी २ मा रहेको बागदेवी सामुदायिक वन उपभोक्ता समूहको भवनमा नगरपालिकाले आइसोलेसन तयार गरेको हो । नगरपालिकाले यसअघि पहिलो चरणको कोभिडमा समेत आइसोलेसन सञ्चालनमा ल्याएको थियो ।‘नगरको पहिलो प्राथमिकता भनेको स्वास्थ्य हो,’ बेलबारी नगरपालिकाका नगर प्रमुज्ञ ज्ञानेन्द्र सुवेदीले भने, ‘हामी स्वस्थ भयौँ भने मात्र अरु सोच्न सक्छौँ । नगरवासीको स्वास्थ्य उपचारका लागि कुनै पनि कसर बाँकी नराख्ने नगर प्रमुख सुवेदीले बताए । नगरपालिकाले कोरोना भाइरसबाट संक्रमित नागरिकहरुलाई अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्थापन गरिसकेको छ ।