इटहरीः मोरङको बुढीगंगा गाउँपालिका ६ स्थित कोयलपुरमा आज बिहान २ बजे एक गोठमा आगलागी भएको छ ।
आगलागीमा परी गोठमा रहेका एउटा गाई जलेर मरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको कार्यालयको भनाइ छ । गोठमा बालेको घुरबाट सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागी स्थानीयवासी र प्रहरीको सहकार्यमा एक घण्टाको प्रयासमा नियन्त्रणमा आएको थियो । स्थानीय जङ्गबहादुर तामाङको गोठमा आगलागी भएको हो ।