इटहरीः आइतबार प्रदेश १ मा सात सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ७९, मोरङमा तीन सय ७७, झापामा एक सय २०, उदयपुरमा ४३, ताप्लेजुङमा ३६, तेह्रथुममा ३०, पाँचथरमा छ, इलाममा चार, भोजपुरमा तीन, सङ्खुवासभा र धनकुटामा दुई–दुई, र प्रदेश १ बाहिरका ५८ जनामा सङ्क्रमण देखिएको छ । सुनसरीको इटहरीमा १८, इनरुवामा १४, धरानमा ११, बर्जुमा ९, दुहवीमा ७, बराहक्षेत्र र हरिनगरमा ४–४, गढी, रामधुनी र देवानगञ्जमा ३–३, कोशी गाउँपालिकामा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३७ हजार नौ सय ८३ पुगेको छ । जसमध्ये ३० हजार दुई सय ३२ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार एक सय ९४ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार चार सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ ।