इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा मोरङको ग्रामथान गाउँपालिका ५ घर भएका ५० वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख १५ गते प्रतिष्ठानमा भर्ना भएका पुरुषमा १७ गते कोरोना संक्रमण पुष्टि भएपछि कोभिड उपचार केन्द्रको आइसोलेसनमा भर्ना गरिएकोमा उनको उपचारका क्रममा आज बिहान १०ः१५ बजे ज्यान गएको हो । मृतक पुरुषमा कुनै प्रकारको दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।