इटहरीः प्रदेश १ मा आज ५ सय ७८ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ । यससँगै प्रदेशभर कोरोना संक्रमितको कुल संख्या ३७ हजार दुई सय २३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हाल प्रदेश १ मा ६ हजार ४ सय ५० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार आज सुनसरीमा एक सय १९, मोरङमा दुई सय ११, झापामा एक सय ६८, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा सङ्क्रमण देखिएको छ । सुनसरीको धरानमा ४७, इटहरीमा ४२, इनरुवामा ९, बर्जुमा ८, रामधुनीमा ३, दुहवीमा र कोशी गाउँपालिकामा २–२, देवानगञ्ज , बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित एक सय ८५, बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको विर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्दिबारीमा २–२, कचनकवm, झापा गाउँपालिका, बा¥हदशी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । सोलुखुम्वुको सोलु दुधकुण्डमा २३ र नेचा सल्यानमा १, इलामको माईमा १५, इलाम नगरपालिकामा ४, रोङमा २ र देउमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, संखुवासभाको धर्मदेवी र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित भएका मध्ये ३० हजार २२६ सङ्क्रमणमुक्त भएका छन् । प्रदेश १ का विभिन्न प्रयोगशालामा आज १ हजार एक सय ७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये दुई सय ६३ महिला र तीन सय १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।