धरानः लायन्स क्लब अफ सिंहदेवी धरानको अध्यक्षमा सुजेन्द्र तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।
यसअघि दृत्तीय उपाध्यक्ष रहेका उनलाई जुम प्ल्याटफर्ममार्फत् भएको भेलाले सन् २०२१–२०२२ का लागि अध्यक्ष चयन गरेको हो । भेलाले प्रथम उपाध्यक्षमा सन्ध्या श्रेष्ठ, दृत्तीय उपाध्यक्षमा जयप्रकाश शर्मा, तृत्तीय उपाध्यक्षमा झुमादेवी राई, सचिवमा पञ्चकला राई, कोषाध्यक्षमा मनोज अग्रवाल र सहसचिवमा रमिता श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ भने सदस्यहरु भने बैठकबाटै मनोनित गरिने जनाइएको छ । नवनिर्वाचित अध्यक्ष तामाङले उपचारत अवस्थामा रहेकी प्रथम उपाध्यक्ष सन्ध्या श्रेष्ठको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै लायन्स क्लबको सिद्धान्त, उद्देश्य, लक्ष्य, मूल्य र मान्यता बमोजिम समाज सेवाका कार्यहरुमा लायन्स क्लब अफ सिंहदेवीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
क्लबका अध्यक्ष डा. योगेन्द्र पालुङ्वाले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण जुम प्ल्याटफर्ममार्फत् भेला आयोजना गरिएको बताउंदै आफ्नो कार्यकालमा अतुलनीय सहयोग गरेको भन्दै क्लबका सबै पदाधिकारी, सदस्य र सल्लाहकारहरुलाई धन्यवाद व्यक्त गरे । क्लबका अध्यक्ष डा. योगेन्द्र पालुङ्वाको अध्यक्षतामा भएको भेलामा अध्यक्ष पालुङ्वा, दृत्तीय उपाध्यक्ष सुजेन्द्र तामाङ, तृत्तीय उपाध्यक्ष झुमादेवी राई, सचिव जयप्रकाश शर्मा, कोषाध्यक्ष रमिता श्रेष्ठ, सदस्यहरु मनोज अग्रवाल, रिता सुन्दास, गीता पौडेल लगायतले मन्तव्य राखेका थिए ।