इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका १६ घर भएका ४१ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख २० गते प्रतिष्ठानमा भर्ना भएका पुरुषमा २१ गते कोरोना संक्रमण देखिएपछि कोभिड उपचार केन्द्रमा भर्ना गरी उनको उपचार सुरु गरिएको थियो ।

उपचारका क्रममा आज बिहान ९ः०४ बजे उनको ज्यान गएको सहप्रवक्ता पोख्रेलले बताए । मृतक पुरुषमा कुनै दीर्घरोग भने नरहेको प्रतिष्ठानले जनाएको छ ।