इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा तेह्रथुमको पञ्चकन्या गाउँपालिका १ घर भएकी २० वर्षीया युवति रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख १७ गते प्रतिष्ठानमा भर्ना भएकी युवतिमा १९ गते कोरोना संक्रमण देखिएपछि कोभिड उपचार केन्द्रमा भर्ना गरी उपचार सुरु गरिएकोमा उपचारका क्रममा आज बिहान ५ः०० बजे उनको ज्यान गएको हो । मृतक युवतिमा कुनै पनि दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।