इटहरीः इटहरीमा ५६ जनासहित प्रदेश १ मा आज सात सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा एक सय १२, मोरङमा तीन सय ५७, झापामा एक सय ४९, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा नौ, ताप्लेजुङमा सात, खोटाङमा ६, भोजपुर र तेह्रथुममा एक एक र प्रदेश १ बाहिरका ४१ जना सङ्क्रमित थपिएका हुन् । सुनसरीको इटहरीमा ५६, धरानमा ३२, इनरुवामा नौ, दुहवीमा सात, देवानगञ्जमा तीन, बर्जुमा २, बराहक्षेत्र, रामधुनी र कोशी गाउँपालिकामा एक एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा एक सय ३२ महिला र एक सय ४३ पुरुष सहित दुई सय ७५, सुन्दरहरैचामा १५, उर्लाबारीमा ११, बेलबारी र बुढीगंगामा आठ आठ, धनपालथान, पथरीशनिश्चरे र कटहरीमा सात सात, रतुवामाईमा चार, मिक्लाजुङमा तीन, जहदा, ग्रामथान , सुनवर्षी र स्थानीय तह नखुलेका दुई दुई, रंगेली, केराबारी, लेटाङ र कानेपोखरीमा एक एक जना सङ्क्रमित थपिएका छन् ।

झापाको विर्तामोडमा २७, दमकमा २३, कनकाई र भद्रपुरमा २०–२०, गौरादहमा नौ, कमल गाउँपालिकामा सात, अर्जुनधारामा पाँच, शिवसताक्षीमा दुई, गौरीगञ्जमा एक जना सङ्क्रमित थपिएका छन् । उदयपुरको त्रियुगामा १३, बेलका र चौदण्डीगढीमा एक एक, धनकुटाको धनकुटा नगरपालिकामा १३ र स्थानीय तह नखुलेका एक, संखुवासभाको खाँदबारीमा ११, चैनपुर र स्थानीय तह नखुलेका एक एक, इलामको इलाम नगरपालिकामा ६, सुर्योदयमा दुई र चुलाचुलीमा एक, ताप्लेजुङको फुङलिङमा पाँच र पाथीभरा याङवरकमा दुई, खोटाङको साकेलामा ६, भोजपुरको आमचोक र तेह्रथुमको आठराईमा एक एक र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नौ सय ३३ पुगेको छ ।