इटहरीः झापाको हल्दिवारी गाउँपालिका–४ स्थित काजली खोलामा डुबेर एक व्यक्तिको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोही स्थानका कैलाश आचार्यको घरमा घरेलु कामदारका रुपमा कार्यरत ३३ वर्षीय रामबहादुर थारु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार आज बिहान ७ः१५ बजे सोही खोलामा उनको शव फेला परेको हो । घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा परिचालित प्रहरीले शव पोस्टमार्टमका लागि पठाएर विस्तृत अनुसन्धान सुरु गरेको डीएसपी थापाको भनाइ छ ।