-रिकेश विश्वकर्मा
धरानः सुनसरीको धरान उपमहानगरपालिकाका वडा न १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), स्वास्थ्यकर्मी सहितको टोली लिएर कोरोना सङ्क्रमण भएका व्यक्तिहरुको घर घर पुगेका छन् ।

संक्रमण भएका व्यक्तिहरुलार्ई वडाले उपलब्ध गराएको फलफूल, मास्क र सेनिटाइजरसहित वडाध्यक्ष घर घरमा पुगेका थिए । प्रत्यक्ष रुपमा उपस्थित भएर बिरामीको अवस्था बुझी सम्पूर्ण उपलब्ध औषधिहरु सेवन गर्न अनुरोध गर्दै अप्ठ्यारो परेको खण्डमा वडामा चाडै सम्पर्क गर्न समेत वडाध्यक्ष भट्टराईले आग्रह गरेका थिए । धरान १७ मा हालसम्म जम्मा ७ जना संक्रमितहरु फेला परेका छन् । कोरोनाका विरुद्धमा सचेत र सजग रहन आम वडावासीलाई आग्रह गर्दै कोरोना रहुन्जेल कोरोनाको कारण केही समस्या परेको खण्डमा वडालाई सम्पर्क गर्नसमेत वडाध्यक्ष भट्टराईले अनुरोध गरे ।

df3

 

प्रत्यक्ष रूपमा वडाका जनप्रतिनिधिहरुको उपस्थितिले बिरामीको मनोबल उच्च हुने र स्थानीय सरकार अभिभावक हो भन्ने भावनासमेत जगाउने भएकाले यो अभियान जारी राख्ने अध्यक्ष भट्टराईले बताए । हाल कोरोना भाइरसको नयाँ भेरियन्ट तिव्र गतिमा फैलिरहेको छ । पछिल्लो समय नेपालमै पनि महामारीको रूपमा यसले मानवीय क्षति गराइरहेको छ । धरानमा पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो अवस्थामा छ । प्रायः वडाहरु बन्द रहेपनि अत्यावश्यक कामहरु वडाले गरिरहेको वडा सचिव शिशिर श्रेष्ठले बताए ।

df1 df2