इटहरीः झापाको मेचिनगर नगरपालिका–१० स्थित एक कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बिहीबार साँझ ६ः३० बजे उद्योगको कपास पेल्ने मेसिनबाट अचानक आगलागी सुरु भई मेसिन, कच्चा पदार्थ तथा अन्य समानसमेत जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको तथा आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो आगलागी प्रहरी तथा स्थानीयवासीको सहयोगमा बेलुका ७ बजे नियन्त्रणमा आएको कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाले बताए । उनका अनुसार घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।