विराटनगरः प्रदेश नम्बर–१ मा कोरोना संक्रमितको संख्या र मृत्यु शून्यका हिसाबले चारवटा जिल्ला सुरक्षित देखिएका छन् ।

प्रदेश–१ का ओखलढुंगा, खोटाङ, भोजपुर र सोलखुम्बुमा कोरोनाका कारण हालसम्म कसैको पनि मृत्यु पुष्टि भएको छैन । दोस्रो लहरको तथ्यांक हेर्दा पनि यी जिल्लामा कम संक्रमण देखिन्छ । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको दोस्रो लहरबाट कोही पनि संक्रमित भएका छैनन् । अघिल्लो लहरमा सोलुखुम्बुमा जम्मा ३७ जनामा कोरोना देखिएको थियो । सामाजिक विकास मन्त्रालयको तथ्यांकानुसार संक्रमणको पहिलो लहरका बेला ताप्लेजुङमा न्यून संक्रमण थियो । तर, दोस्रो लहरले भने यो जिल्लालाई गाँजेको छ । ताप्लेजुङमा ४१ म्हिला र ३६ पुरुष संक्रमित भएका छन् । चारजनाको मृत्यु भएको छ । हालसम्म संक्रमितको संख्या २०१ पुगेको छ । खोटाङमा जम्मा ११ जनामा संक्रमण पुष्टि भएको छ । ओखलढुंगामा दुई पुरुष र ६ महिलामा संक्रमण देखिएको छ । हालसम्म संक्रमित हुनेको संख्या ४३ जना छ । कसैको पनि मृत्यु भएको छैन ।

भोजपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ । अघिल्लो लहरको समेत जोड्दा जम्मा संक्रमितको संख्या १ सय ६ पुगेको छ । पाँचथर एक महिला र ६ पुरुषमा संक्रमण पुष्टि भएको छ । हालसम्म मृत्यु संख्या एक छ । कुल ३८ महिला र ११९ पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी, धनकुटामा २७ पुरुष र २७ महिलमा संक्रमण पुष्टि भएको छ । बिहीबार दुईजना थपिएका छन् । हालसम्म संक्रमितको संख्या १८८ पुरुष र ९० महिला पुगेको छ । धनकुटाका १२ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । संखुवासभामा आठ महिला र ४९ पुरुष संक्रति हुँदा कुल ७६ महिला र ३३७ पुरुषमा संक्रमण पुष्टि भएको छ । एकजनाको मृत्यु भएको छ । यसैगरी, तेह्रथुममा आठ महिला र सात पुरुषमा दोस्रो लहरको संक्रमण देखिएको छ । हालसम्म जम्मा संक्रमित ४७ महिला र ९५ पुरुष छन् । चारजनाको मृत्यु भएको छ । इलाममा ३० महिला र ३७ पुरुषमा नयाँ संक्रमण देखिएको छ । हालसम्म मृत्यु नौजनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या महिला १७६ र पुरुष ७६ पुगेको छ । -बाह्रखरीबाट