इटहरीः प्रदेश १ मा आज सात सय ९१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
एक हजार सात सय ५१ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३० महिला र चार सय ६१ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज पहिचान भएका संक्रमितहरुमा सुनसरीका १४५, मोरङका ३३७, झापाका १७८, ताप्लेजुङका ४९, सङ्खुवासभाका १४, इलामका ११, उदयपुरका आठ, तेह्रथुमका पाँच, धनकुटा र पाँचथरका दुई दुई, भोजपुरका एक र प्रदेश १ बाहिरका ३९ जना रहेको मन्त्रालयको तथ्याङ्क छ ।
यससँगै हालसम्म प्रदेश १ भर ३५ हजार नौ सय २० जनामा कोरोना पुष्टि भइसकेको छ । आज प्रदेश १ मा ३० हजार एक सय १३ जना संक्रमित निको भएका छन् भने हाल प्रदेशभर कुल पाँच हजार दुई ७० जनामा कोरोना भाइरस सक्रिय रहेको छ ।