इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोराना संक्रमित महिलाको ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका ३ घर भएकी ५३ वर्षीया महिला रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार वैशाख २१ गते कोरोना संक्रमित पुरुषलाई उपचारार्थ २३ गते प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा भर्ना गरिएकोमा उपचारका क्रममा उनको आज बिहान १ः३८ बजे ज्यान गएको हो । मृतक महिलामा हाइपरटेन्सन नामक मानसिक समस्याका साथै स्तन क्यान्सरसमेत रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।