इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।

मृत्यु हुनेमा मोरङको मिक्लाजुङ गाउँपालिका २ घर भएका ७५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार वैशाख २२ गते प्रतिष्ठानमा भर्ना भएका पुरुषमा २३ गते कोरोना संक्रमण पुष्टि भएपछि कोभिड उपचार केन्द्रको आइसोलेसनमा राखी उपचार सुरु गरिएकोमा उनको आज बिहान १ः०५ बजे ज्यान गएको हो । मृतक पुरुषमा कुनै दीर्घरोग नभएको प्रतिष्ठानले जनाएको छ ।