इटहरीः सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख (मेयर) निलम खनालले आफूले चढ्दै आएको गाडी कोरोना संक्रमित बिरामीको लागि एम्बुलेन्स बनाउने घोषणा गरेका छन् ।

उनले चढ्दै आएको बा १ झ ८८९१ नम्बरको बोलेरो र नगरकै प्रमुख प्रशासकीय अधिकृत राजेश पोखरेलले चढ्दै आएको बा १ झ ५८१४ नम्बरको बोलेरो गाडी नगरवासीलाई सहजताका लागि एम्बुलेन्स बनाउन दिने निर्णय गरेका हुन् । कोरोनाका कारण नगरवासीलाई एम्बुलेन्सको अभावले दुःख पाउनु नपरोस् भन्ने अभिप्रायले आफू र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने उनको भनाइ छ । ‘कोरोना संक्रमणको समयमा गरीब जनताले दुःख पाउनु नपरोस्’, नगर प्रमुख खनालले भने, ‘समयमै अस्पताल लान नसक्दा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले दुई वटा गाढीलाई एम्बुलेन्स बनाउने भएका छौँ ।’ साथै आफू सँधै जनताको सेवामा तत्पर रहेको नगर प्रमुख खनालले बताए । उनका अनुसार दुई वटा गाडीमध्ये एउटालाई गर्भवति तथा सुत्केरी महिलालाई अस्पताल लैजान र ल्याउन प्रयोग गरिने छ भने अर्कोलाई नगरले निर्माण गरेको आइसोलेसनमा तैनाथ गरिने छ ।

g2

अहिलेको कोरोनाको उपचारको लागि अक्सिजन अपरिहार्य भएकाले आफूले गाडीमा अक्सिजनको सिलिन्डरको व्यस्थापनसमेत गर्ने तयारी गरिरहरको उनले बताए । उनले नगरको आफूले प्रयोग गरिहेको गाडी एम्बुलेन्स बनाउने भएपछि नगरवासीको समस्या समाधानको लागि आफू स्कुटरमा हिँड्नेसमेत जानकारी दिए । यसका साथै उनले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को आदेश बमोजिम ५० बेडको आइसोलेसन केन्द्र पनि तयारी अवस्थामा रहेको जानकारी दिएका छन् । नगरमा रहेको एक मात्र बहुमुखी क्याम्पस सप्तकोसी बहुमुखी क्याम्पसमा नगरले ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको उनले जानकारी दिएका छन् । साथै नगरवासीले गाडीको सेवा लिन चाहेमा नगरप्रमुख निलम खनाल, पवित्रा निरौला र दुर्गा बस्नेतलाई सम्पर्क गर्नुपर्ने छ ।

उनहरुको नम्बर क्रमश. ९८५२०५४४३९(खनाल), ९८४२१२३४४९(निरौला) र ९८४२१११०३८(बस्नेत) रहेको छ यसैबीच, झापाको अर्जुनधारा नगरपालिकाका मेयर हरि राणा र प्रदेश १ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता रहेका राजीव कोइरालाले पनि आफूले प्रयोग गर्ने सवारी एम्बुलेन्सका रुपमा प्रयोग गर्न आइसोलेसन सेन्टरलाई दिने घोषणा गरेका छन् ।

g1 183205330_151629366922905_6620501241178220884_n